शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अपराध

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने प्रहरी नियन्त्रणमा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/5093
    कात्तिक २३, २०८० बिहीबार
    सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने प्रहरी नियन्त्रणमा

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई  आज पक्राउ गरेको छ । 

    पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । 

    प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार  सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।

    महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट  पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij