सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

गाजाको युद्धग्रस्त क्षेत्रबाट ७ लाखभन्दा बढी मानिस विस्थापित


  • 694
    SHARES
  • https://indrenipost.com/index.php/posts/5131
    कात्तिक २६, २०८० आइतबार
    गाजाको युद्धग्रस्त क्षेत्रबाट ७ लाखभन्दा बढी मानिस विस्थापित

    अरब देश र मुस्लिम नेताहरूको शिखर सम्मेलन आयोजना गर्न साउदी राजकुमारको असाधारण कूटनीतिकको प्रशंसा गरेका छन् । 

    यतिसम्मकी उनको प्रयासले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई पहिलो पटक तेहरानबाट बाहिर ल्याउन उनी सफल भएको मिडिया रिपोर्टले जनाएको छ । 

    भेला भएका ५७ नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई युद्धविराम लागू गर्न र गाजाका लागि निर्णायक र बाध्यकारी निर्णयहरू लिन आग्रह गरेका छन् । उनीहरूको तर्क रहेको छ कि इजरायलको भूमि आक्रमणले निर्दोष नागरिकहरूलाई मारिरहेका छन् । 

    शिखर सम्मेलनले गाजा क्षेत्रमा मानवीय सहायताका काफिलाहरू प्रवेश गर्न पनि आह्वान गरेको छ, जसले युद्ध क्षेत्रबाट बाँचेकाहरू बीचको तनाव कम गर्न मद्दत गर्दछ, सीएनएनले रिपोर्ट गरेको छ । 

    सो सम्मेलनका सहभागीहरुले युद्धग्रस्त गाजा क्षेत्रवाट लगभग ७ लाख मानिसहरू भागेका जनाएका छन् । सो क्षेत्रमा बसोवास गर्दै आएका विदेशी नागरिकहरू र घाइते नागरिकहरूसहितल झन्डै ७ लाख मानिसले सो क्षेत्र छाडेका छन् । अधिकांश मानिसहरु रफाह, इजिप्टको सीमाबाट पार गरेका थिए ।

    उता, मिडिया रिपोर्टहरूका अनुसार ठूलो संख्यामा नागरिकहरू अझै गाजामा छन् । किनभने आईडीएफले आफ्नो विस्तारित भू–आक्रमणमार्फत गाजा शहरमा प्रवेश गर्न जारी राख्दा हमासले तिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न छाडेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij