चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन(इजरायल बीचको बिग्रदो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय संकट बढ्न नदिन सचेत हुन आग्रह गरेका छन् ।
दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन(इजरायली द्वन्द्व समाधान गर्न दुई राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औँल्याएका छन् ।