सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

विश्वचर्चित गायिका शकिरामाथि करछली आरोप, स्पेनमा मुद्दा, प्रमाणित भए ८ वर्ष जेल सजाय


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/5180
    मंसिर ५, २०८० मंगलबार
    विश्वचर्चित गायिका शकिरामाथि करछली आरोप, स्पेनमा मुद्दा, प्रमाणित भए ८ वर्ष जेल सजाय

    काठमाडौं । कोलम्बियाली पप स्टार शकिरा समस्यामा परेकी छिन् ।

    शकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ । 

    मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र २४ मिलियन युरो जरिवाना भोग्नु पर्ने द गार्डियनले समाचारमा लेखेको छ ।

    वास्तवमा सन् २०१२ देखि २०१४ सम्म, शकिराले ६ महिनाभन्दा बढी स्पेनी निवासीको रूपमा बिताइन् । 

    यस अवधिमा उनले कर तिर्नुपर्ने थियो, जुन उनले गरिनन् । यद्यपि उनले यो दाबी अस्वीकार गरेकी छिन् । 

    यस्तो अवस्थामा उनी स्पेनकी बासिन्दा भएको प्रमाणित गर्न अभियोजन पक्षले कपाल, स्टुडियो प्राविधिक, डान्स टिचर, डाक्टर, ब्यूटिसियन, स्त्री रोग विशेषज्ञ र चालकसहित ११७ जना साक्षी बोलाएको छ । 

    शकिराविरुद्ध कथित कर छलीको मुद्दा सन् २०१८ मा पहिलो पटक चर्चामा आएको थियो ।

    यस्तो अवस्थामा शकिरा त्यसबेला कहाँ बसेकी थिइन् ? भन्ने पुष्टि हुन बाँकी छ । अभियोजकहरूले कोलम्बियाली पप स्टारले कर छली गरेको आरोप लगाएका छन् ।

    उनले स्पेनमा आफ्नो समय बिताएको तर कर नतिरेको उनीहरुको आरोप छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij