सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

भोलि युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन- मानवअधिकार आयोगले अनुगमन गर्ने


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/5215
    मंसिर ६, २०८० बुधबार
    भोलि युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन- मानवअधिकार आयोगले अनुगमन गर्ने

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले भोलि (मंसिर बिहीबार) गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । 

    बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् ।   

    व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै मञ्चले आयोगलाई ज्ञापनपत्र बुझाएपछि अध्यक्ष मगरको सो प्रतिक्रिया आएको हो । 

    अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताए ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij