धनगढी । कैलालीस्थित धनगढीमा एक महिलाको सडेको शव फेला परेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-६ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेका हो ।
वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरू शौचका लागी झाडीमा जानेक्रममा शव देखेका हुन् ।
घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ ।
घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।