शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

ट्राफिक अपडेट लिएर सवारी चलाउन प्रहरीको अनुरोध


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/5226
    मंसिर ७, २०८० बिहीबार
    ट्राफिक अपडेट लिएर सवारी चलाउन प्रहरीको अनुरोध

    काठमाडौं । आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त हुने भएको छ । 

    जसका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।   

    मङ्सिर ७ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौं उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुनसक्ने ट्राफिक कार्यालयले जनाएको छ ।  

    ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न  र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।  

    ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij