सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

कतारद्वारा भारतीय सैनिकलाई मृत्युदण्डको सजाय खारेज


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/5256
    मंसिर ८, २०८० शुक्रबार
    कतारद्वारा भारतीय सैनिकलाई मृत्युदण्डको सजाय खारेज

    कतारको अदालतले भारतीय अपिललाई स्विकार गरेको छ ।  

    जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजाय पाएका भारतीयहरू पूर्व अधिकारीको मुद्दामा कतारले अपिल स्विकार गरेको हो ।    

    कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजायविरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।  

    कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ ।   

    अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन् ।

    जसलाई गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij