काठमाडौं । नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन् ।
जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
आफू मातहतका प्रहरी कर्मचारी जानकारी बिना तीन महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सूचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ ।
यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साताभित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो ।