सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/5292
    मंसिर ११, २०८० सोमबार
    सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।

    आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो.।  

    सोमबारको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो । ११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो ।

    ११ कात्तिकमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।   

    सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij