शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/5301
    मंसिर ११, २०८० सोमबार
    अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडाैं । झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् ।

    झापाकाेा दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   

    बाँकेकाे  खजुरा गाउँपालिका-४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका-७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ  गरेको हो ।    

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij