शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

९१ केजीभन्दा बढी गाँजासहित ३ जना प्रहरी नियन्त्रणमा


  • 712
    SHARES
  • https://indrenipost.com/index.php/posts/5325
    मंसिर १२, २०८० मंगलबार
    ९१ केजीभन्दा बढी गाँजासहित ३ जना प्रहरी नियन्त्रणमा

    बझाङ । खप्तडछान्ना गाउँपालिका-७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागूऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्ने अन्य २ जनामा गोरखा अजिरकोट गाउँपालिका-२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका-९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।  

    जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।                                    

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij