आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

दैवी प्रकोप

भूकम्प : अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/5352
    मंसिर १६, २०८० शनिबार
    भूकम्प : अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा

    काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका सकारले ४६ करोड रुपैयाँ निकासा गरेको छ ।

    भूकम्प पीडितका अस्थायी आवास निर्माणको लागि बिहीबार २२ करोड र शुक्रबार २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

    शुक्रबारसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले बताए । शुक्रबार निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागिसमेत हो ।

    जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij