सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

जाजरकोट-रूकुम पश्चिम भूकम्प

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराइने


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/5374
    मंसिर १९, २०८० मंगलबार
    भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध  गराइने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् ।

    सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

    उनले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे ।

    उनले मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको प्रस्ट पारे ।

    अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले प्रस्ट पारे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij