काठमाडौं । नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अप्रेशनका क्रममा गिरोहका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी नियन्त्रणमा छन् ।
उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।
रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।