सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी


  • 865
    SHARES
  • https://indrenipost.com/index.php/posts/5444
    मंसिर २२, २०८० शुक्रबार
    ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

    बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन् ।

    ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप, गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताए ।

    सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उनले बताए ।

    प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

    वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ । हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन पाउने भएकाले खुसी भएका छन् ।

    गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो । गएको वर्ष फागुनको दोस्रो सातामात्रै हिमपात भएको थियो । वर्षा हुँदा स्थानीय भने खुसी भएका छन् ।

    लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए । वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका–६ का बिर्ख लिम्बूले जानकारी दिए ।

    वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij