सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/5449
    मंसिर २२, २०८० शुक्रबार
    अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

    अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ ।

    चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरेका छन् ।

    सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको हालै सार्वजनिक टिप्पणी बारे सोधिएको पत्रकारहरूको प्रश्नको जवाफमा उनले सो टिप्पणी गरेका हुन् ।

    चीन-अमेरिका सम्बन्धका प्रतिस्पर्धात्मक पक्षहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न दुवै राष्ट्र प्रमुखहरू सहमत भएको सन्दर्भ उल्लेख गर्दै उहाँले सान फ्रान्सिस्को शिखर सम्मेलनमा भएको सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित अमेरिकी पक्षले चीनसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरेका हुन् ।

    अमेरिकी पक्षको नियन्त्रणका प्रतिबन्धात्मक उपायहरू राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण हो भनेर चीनले बारम्बार औंल्याएको छ ।

    यस्ता प्रतिबन्धात्मक उपायहरूले बजारका सामान्य नियम एवं अन्तरराष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर पार्ने र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतालाई समेत थप खतरामा पार्ने मन्त्रालयका प्रवक्ताको दाबी छ ।

    यस्ता प्रतिबन्धात्मक उपायहरूले चीनको विकासलाई नरोक्ने तर अमेरिकी कम्पनीहरूले चिनियाँ बजार गुमाउन सक्ने खतरा रहेको उनले औंल्याएका छन् ।

    साथै चीनले यस किसमका प्रवृत्ति र प्रभावलाई नजिकबाट नियाल्ने र आफ्नो अधिकार संरक्षणका लागि भने दृढतापूर्वक उभिने प्रवक्ता हेको तर्क छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij