सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

जाजरकोट-रूकुम पश्चिम भूकम्प

भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/5451
    मंसिर २२, २०८० शुक्रबार
    भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने

    काठकाडौं । नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ ।

    बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

    जसअनुसार नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरुप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ ।

    सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ ।

    भारतले नेपालसहित केही अफ्रिकी मुलुकलाई निर्यात प्रतिबन्धका बाबजुद चामल अनुदानको निर्णय गरेको हो ।

    विश्व बजारमा सम्भावित खाद्य संकट र आफ्नो मुलुकमा हुन सक्ने चामलको मूल्यबृद्धिलाई मध्यनजर गर्दे गत असार (१४ जुलाई २०२३)मा बासमतीबाहेकको चामलको निर्यातमा रोक लगाएको थियो ।

    सो प्रतिबन्धात्मक अवस्थाका बाबजुद नेपालालाई भने सो चामल निर्यातको अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij