शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

विभिन्न हातहतियारसहित पक्राउ पर्ने को-को कहाँका हुन् ? (नामावली र ठेगानासहित)


  • 694
    SHARES
  • https://indrenipost.com/index.php/posts/5457
    मंसिर २२, २०८० शुक्रबार
    विभिन्न हातहतियारसहित पक्राउ पर्ने को-को कहाँका हुन् ? (नामावली र ठेगानासहित)

    काठमाडौं । काठमाडौं, बर्दिया र पर्वतबाट विभिन्न हातहतियारसहित  ७ जना पक्राउ परेका छन् ।

    काठमाडौंकाे काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत चारजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।  

    कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई  नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।    

    बर्दियाकाे गुलरिया नगरपालिका-४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह रानाक्षेत्रीलाई भरूवा बन्दुक १ थानसहित  प्रहरीले पक्राउ गरेको छ ।

    क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुकसहित पक्राउ गरेको हो ।   

    पर्वतकाे मोदी गाउँपालिका-६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई  प्रहरीले पक्राउ गरेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij