सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/5503
    मंसिर २५, २०८० सोमबार
    गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ ।

    आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । 

    उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ ।

    पारित गरिएको प्रस्तावमा चिकित्सक र स्वास्थ्यकर्मीसहितकोे मानवीय राहतको तत्काल गाजामा पुर्‍याउनपर्ने भनिएको छ ।   

    सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ । 

    डब्ल्यूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौं हो ।  

    यस प्रस्तावको पारितले ‘सबै परिस्थितिमा स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकताको रूपमा महत्व दिन्छ, र सबैभन्दा कठिन परिस्थितिमा पनि शान्तिको पुल निर्माण गर्न स्वास्थ्य सेवा र मानवीयताको भूमिकालाई जोड दिन्छ,’ डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   

    प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २०० मानिस मारिए र २०० भन्दा बढीलाई बन्धक बनाएपछि सुरु भएको गाजामा गहिरो मानवीय संकट पैदा भएको छ ।

    यसको समाधानका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद् संघर्ष गरिरहेको छ । हमासविरुद्ध जवाफी कारबाही थाल्दै इजरायलले हमासविरुद्ध युद्धको घोषणा ग¥यो र गाजालाई अधिनमा राख्ने प्रयास गरेको छ ।    

    सो आक्रमणका कारण  करिब ८० प्रतिशत जनसंख्या विस्थापित भएको र रोगको बढ्दो खतरासँगै खाना, पानी र औषधिको अभाव भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij