मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/5531
    मंसिर २६, २०८० मंगलबार
    एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक

    काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ ।

    सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरु हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ ।

    एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न गराइएको थियो ।

    एजुकेशन इन्टरनेशन विश्वका शिक्षकहरुको साझा संस्था हो । यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको पेसागत क्षमता विकास र उनीहरुको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताए । 

    अनुसन्धानकर्ता फ्र्याङ्क लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमतावृद्धिका साथै अधिकार प्राप्तिाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिए ।

    संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाए ।

    नेपाल शिक्षक सङ्घका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमतावृद्धिका लागि आफूहरुले स्थानीय तहसँगको सहकार्यमा काम गरिहरेको जनाए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij