सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजरायलविरुद्ध अमेरिकाको कडा आलोचना, के भने राष्ट्रपति बाइडेनले ?


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/5544
    मंसिर २७, २०८० बुधबार
    इजरायलविरुद्ध अमेरिकाको कडा आलोचना, के भने राष्ट्रपति बाइडेनले ?

    अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेका छन् ।

    मंगलबार कोष संकलन कार्यक्रम बाइडेनले दिएको उक्त अभिव्यक्ति इजरायलविरुद्ध अमेरिकाको अहिलेसम्मकै कडा टिप्पणीका रूपमा हेरिएको छ ।

    गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गरिरहेको छ ।

    तर बाइडेनले अमेरिका सधैँ इजरायलका पक्षमा रहेको दोहोर्‍याए पनि यसो भने, ‘इजरायलको साथमा अमेरिका छ, अहिले अमेरिकाका साथै अरू पनि अमेरिकाका साथमा छन्, उसको साथमा युरोपियन युनियन छ, युरोप छ, विश्वका अधिकांश हिस्सा उसकै पक्षमा छ तर अन्धाधुन्द बमबारी गरेर उसले त्यो समर्थन गुमाइरहेको छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij