सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

‘गणतन्त्रको प्रतीक’ निर्माण प्रतियोगिता


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/5909
    पुष २३, २०८० सोमबार
    ‘गणतन्त्रको प्रतीक’ निर्माण प्रतियोगिता

    काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलामार्फत राज्यप्रति सकारात्मक भाव प्रदान गराउने उद्देश्यले यसपाली ‘गणतन्त्रको प्रतीक’ नमुना मूर्ति (म्याकेट) सिर्जना गर्ने प्रतियोगिता आयोजना गरेको छ ।

    प्रतियोगिताका विजेतालाई रु एक लाख पुरस्कार दिनेगरी नमुना मूर्ति निर्माणको प्रतिस्पर्धा गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । 

    उनका अनुसार नेपालको संविधान २०७२ अनुरुप नेपाललाई स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाका रुपमा चिनाउने गरी मूर्ति निर्माणको प्रतियोगिता आयोजना गरिएको हो ।

    मुलुकको परिवर्तनका लागि भएका देशभक्तपूर्ण आन्दोलन र सङ्घर्षका विषयमा केन्द्रित भई गणतन्त्रको प्रतीक नमूना मूर्ति (म्याकेट) सिर्जना गर्नका लागि कलाकारलाई सार्वजनिक आह्वान गरिसकिएको उनले बताए ।

    छनोट भएका उत्कृष्ट सिर्जनालाई पुरस्कार प्रदान गरिने छ । मूर्तिको आकार एक फिट देखि एक दशमलव पाँच फिटसम्मको हुनुपर्ने जनाइएको छ ।

    आउँदो माघ २० गतेसम्ममा मूर्ति तयार पारी पेस गरिसक्नुपर्ने समयसीमा तोकिएको उहाँले बताए । उनका अनुसार मूर्ति प्राप्त भएपछि प्रतियोगिताको मिति आगामी फागुनका लागि तोकिनेछ ।

    पहिलो हुनेले रु एक लाख पुरस्कार पाउनेछन् । दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार र प्रोत्साहन पुरस्कार दुई जनाले रु २५/२५ हजार पाउने प्रतिष्ठानले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij