सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

प्रहरी आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/749
    असोज ४, २०७८ सोमबार
    प्रहरी आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित

    काठमाडौं । सातौँ संविधान दिवसको अवसरमा प्रहरी आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित भएका छन् । देशको सुरक्षार्थ अहोरात्र खट्ने प्रहरी दर्जाका आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित भएका हुन् ।  

    प्रसिद्ध प्रवल जनसेवाश्री पदकद्धारा सम्मानित हुने प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री छन् । त्यस्तै सु–प्रबल जनसेवाश्रीद्धारा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, मीनराज पाठक, रामकृष्ण राजभण्डारी सम्मानित भएका हुन् ।

    सु–प्रबल जनसेवाश्री पदक पाउने एसएसपीहरू श्यामलाल ज्ञवाली, नरोत्तमलाल प्रधान, जनक भट्टराई, सुदीप गिरी, राजेशनाथ बास्तोला, बसन्तबहादुर कुँवर, उमेशराज जोशी, केदार ढकाल, मोहनकुमार आचार्य, पूजा सिंह, नरबहादुर केसी, दामोदर पौडेल, गणेशकुमार ठाकुर, रुपक महर्जन रहेका छन् ।

    कीर्तिमय राष्ट्रदीपबाट प्रहरी उपरीक्षक रमेश थापा र प्रकाश रानाभाटलाई सम्मान गरिएको छ । प्रवल जनसेवाश्रीबाट एसपीहरू उमाप्रसाद चतुर्वेदी, बेलबहादुर पाण्डे, गोपलचन्द्र भट्टराई, शिवकुमार श्रेष्ठ, रविन्द्र रेग्मी, प्रकाश मल्ल, अच्युतबिक्रम हमाल, विपिनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

    डीएसपीहरू काजीकुमार आचार्य, नरेशराज सुवेदी, रामबाबु राना, सुधिरराज शाही, गोविन्द पुरी, हरिहरनाथ योगी, वीरेन्द्र गोदार, रविन्द्रनाथ पौडेल, चक्रराज जोशी, सञ्जीवबाबु खड्का, शिवराज बुढाथोकी, सन्तोष निरौला, अनिलकुमार घिमिरे, भेषराज रिजाल पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।।

    निरीक्षकहरू उपेन्द्र खरेल, आयुषप्रसाद जोशी, अनिशकुमार कर्ण, भीषणबाबु राई, एलिजा गिरी, राजेन्द्रप्रसाद उपाध्याय, श्रीविन्दु शर्माले पनि सु–प्रबल जनसेवाश्री पदक पाएका छन् । जनसेवाश्रीबाट प्रहरी नायब निरीक्षक शरण शाह, धर्मराज शाही, दिलिपसिंह अधिकारी, कृष्ण खड्का सम्मानित भएका छन् ।

    प्रहरी सहायक निरीक्षक तपेन्द्रबहादुर विष्ट, रोशनप्रसाद राजवंशी, प्रमिला श्रेष्ठ, प्रहरी हवल्दार लेखबहादुर गुरुङ, सुमित्रा शाही, माधवबहादुर बस्नेत तथा प्रहरी जवान अमरराज मिश्र पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् । नेपाल प्रताप सु–भूषणबाट प्रहरी उपरीक्षकहरू डिल्लीराज पन्त, भीम दाहाल, कृष्ण पंगेनी, हिमालय श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाल, सुवास खड्का, रोशन खड्का, निरञ्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डे, मुकुन्दप्रसाद रिजाल सम्मानित भएका छन् ।

    प्रहरी निरीक्षकहरू बमकुमार श्रेष्ठ, नवीनकुमार अधिकारी, थमनसिंह राना, शरण महर्जन, हिरेन्द्रबहादुर रोकाय, महेश केसी, कृष्णप्रसाद विष्ट, लक्ष्मी खनाल, उमाशंकरप्रसाद शाह, शंकर पोखरेल, राधा विष्ट क्षेत्री पनि नेपाल प्रताप सुभूषणबाट सम्मानित भएका छन् ।

    नेपाल प्रताप भूषण पाउनमा प्रहरी उपरीक्षक नरेशबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक पंचकुमार बाखु, निरीक्षक अनिलकुमार अधिकारी, प्रहरी नायब निरीक्षक विष्णुमणि त्रिपाठी, भगवती अर्याल, रेवतकुमार पाखरेल, रविन शाह, रोशन अधिकारी, हिमालय भण्डारी, नरेश शाही, रमेश बजगाइँ, लक्ष्मणबहादुर ऐर, विशालविक्रम शाह, विशालप्रकाश पौडेल, हर्षबहादुर चन्द रहेका छन् ।

    नेपाल प्रताप भूषणबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राना, श्यामसिंह चौधरी, विकास क्षेत्री, अजित ठाकुर, तिलक पुरी, सुजन पाण्डे, टंक कार्की पनि सम्मानित भएका छन् । महापौरख भाष्करबाट प्रहरी हवल्दार विजयकुमार दास, केदारनाथ यादव, विष्णुबहादुर श्रेष्ठ, मानसिंह ठगुन्ना, राजेश गुरुङ, बाबुकृष्ण बखते, गम्भीरबहादुर चन्द, प्रहरी जवान सुनिता बिक, परीक्षित कार्की, मनोज दंगाल, बालकृष्ण मघैया, शान्ति चौधरी, विपिसा गुरुङ, महेन्द्रसिंह भण्डारी सम्मानित भएका छन् ।

    वीरता पदकबाट प्रहरी नायब उपरीक्षकद्वय स्व।समरिचन्द्र खरेल, स्व।राजकुमार केसी सम्मानित भएका छन् भने सुकीर्तिमान पदकबाट प्रहरी सहायक निरीक्षक जुनी राई सम्मानित भएकी छन् । राष्ट्रसेवक पदक प्रथम श्रेणीबाट प्रहरी कार्यालय सहयोगी सूर्यकुमारी अधिकारी सम्मानित भएकी छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij