काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदै छन् । राष्ट्र प्रमुखसमेत रहेका थानी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन् ।
थानीले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने उनले बुधबार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो भ्रमणका क्रममा केही सम्झौता तथा समझदारी पनि हुने बताइएको छ । उनी बुधबार स्वदेश फर्कनेछन् ।