काठमाडौं । नेपालको एकमात्र आधिकारिक खेल पोशाक उत्पादक तथा वितरक केल्मीले आफ्नो लोगो प्रयोग गरी नक्कली सामाग्री उत्पादन तथा बिक्रि–वितरण नगर्न चेतावनी दिएको छ ।
केल्मीले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । काठमाडौंस्थित दरबारमार्गलगायत देशका विभिन्न ठाउँबाट केल्मीद्वारा उत्पादन गरिएका खेल पोशाक तथा सामाग्रीहरुको आधिकारिक बिक्रि–वितरण हुँदै आएको सूचनामार्फत जानकारी गराइएको छ ।
केल्मीको लोगो प्रयोग गरी नक्कली सामाग्री उत्पादन तथा बिक्रि वितरण गरेको पाइएको भन्दै यसो नगर्न उसले चेतावनी दिएको हो ।
यदि यसो गरेको पाइएमा नेपालको प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
हेर्नुहोस् सूचना :