शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

अर्घाखाँचीमा भीषण आगलागी : डेढ महिनामा एक सय तीन घरगोठ जलेर नष्ट


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/7819
    बैशाख १४, २०८१ शुक्रबार
    अर्घाखाँचीमा भीषण आगलागी : डेढ महिनामा एक सय तीन घरगोठ जलेर नष्ट

    अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत १ चैतदेखि १२ वैशाखसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए ।

    वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उनले बताए । उनका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ ।

    अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् । त्यसैगरी, ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

    त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए ।

    वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उनको भनाइ छ । रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij