सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

मतपरिणाम अपडेट

अपडेट : इलाम–२ को प्रारम्भिक मतपरिणाम - कांग्रेसका खड्को अग्रता कायमै एमालेका सुहाङ पछ्याउँदै 


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/7865
    बैशाख १६, २०८१ आइतबार
    अपडेट : इलाम–२ को प्रारम्भिक मतपरिणाम - कांग्रेसका खड्को अग्रता कायमै एमालेका सुहाङ पछ्याउँदै 

    काठमाडौं । इलाम–२ मा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । 

    हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् भने उनलाई नेकपा (एमाले)का उम्मेदवारले पछ्याइरहेका छन् । 

    खड्काले १ हजार एक सय ४५ मत प्राप्त गरेका छन् भने सुहाङले पछ्याइरहेका छन् । उनले १ हजार हजार ६३ मत ल्याएका छन् । 

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् । 

    इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो ।

    इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij