सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

पत्रकार भेटघाट

कांग्रेस–एमाले सरकार नढल्नेमा सत्तारूढ नेताहरू निश्चिन्त


  • 532
    SHARES
  • https://indrenipost.com/index.php/posts/8094
    माघ १०, २०८१ बिहीबार
    कांग्रेस–एमाले सरकार नढल्नेमा सत्तारूढ नेताहरू निश्चिन्त

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।  

    बुधबार विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे । 

    कोइरालाले भने, ‘छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।’ संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

    कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।   
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij