सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अपराध

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास, शोकेस फोर्ने १ जना पक्राउ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/834
    असोज ८, २०७८ शुक्रबार
    नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास, शोकेस फोर्ने १ जना पक्राउ

    काठमाडौं । नारायणहिटी राजदरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास भएको छ । प्रहरीले श्रीपेच चोर्ने प्रयास गरेका १ जनालाई पक्राउ गरेको छ ।

    रुकुम घर भएका काठमाडाैं म्हैपी बस्ने खिमबहादुर घर्तीले श्रीपेच राखिएको शोकेस फुटाएकाे संग्रहालयले जनाएकाे छ । नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘२ बाई ३ को शाेकेस फुटायो। सेन्सर थियो ।

    सेना नजिकै थियो। फुटाएपछि तुरुन्त समातिहाले । प्रहरीलाई बुझाएर अनुसन्धान भइरहेको छ । शाेकेसबाहेक श्रीपेचमा नोक्सानी केही पुगेको छैन ।’ ती व्यक्तिविरुद्ध अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij