आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सामाजिक सञ्जालबाट झुक्याएर पैसा असुल गर्ने पक्राउ


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/852
    असोज ९, २०७८ शनिबार
    सामाजिक सञ्जालबाट झुक्याएर पैसा असुल गर्ने पक्राउ

    उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।सामाजिक सञ्जाल प्रयोग गरी सर्वसाधारणको ६ लाख बढी रकम ठगी गरेर उदयपुरमा लुकिछिपी बस्दै आएका सिराहाको सिराहा नगरपालिका-८ का २९ वर्षीय सरोजकुमार दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनले भाग्यशाली चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई भाइवर, इमो र ह्वास्ट एपलगायत सामाजिक सञ्जालबाट झुक्याएर पैसा असुल गर्दै आएका थिए ।

    उनले विभिन्न व्यक्तिलाई उनीहरूको नाममा ‘लट्री’ परेको र सो रकम प्राप्त गर्नका लागि केही प्रतिशत कर बापतको रकम भुक्तान गर्न आवश्यक पर्ने भन्दै रकम असुल्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    उनले सामाजिक सञ्जाल दुरुपयोग गरी ६ लाख, १ हजार ४९ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पर्सा प्रहरीलाई बुझाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij