सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

राजनीति

२ महिनादेखि सम्पर्कबिहीन प्रहरीलाई सम्पर्कमा आउन प्रधान कार्यालयलद्धारा सूचना जारी


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/861
    असोज १०, २०७८ आइतबार
    २ महिनादेखि सम्पर्कबिहीन प्रहरीलाई सम्पर्कमा आउन प्रधान कार्यालयलद्धारा सूचना जारी

    काठमाडौं । गएको साउनदेखि सम्पर्कबिहीन ११ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना गरेको छ । उनीहरुलाईसात दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयले गएको साउनदेखि हाजीर नभएका प्रहरी नायव निरीक्षकसहित ११ जनाको नामावली आइतबार सार्वजनिक गरेको हो । प्रधान कार्यालयको सम्पर्कमा आउन उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनको समय दिइएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनीसमेत प्रधान कार्यालयले दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीसहित ११ प्रहरी सम्पर्कबिहीन बनेका हुन् । 

    प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस र डम्बर दियाल पनि सम्पर्क बिहीन बनेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    police.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij