बैतडी, १८ साउनः बैतडीको सिगास गाउँपालिका–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद तीन दिनदेखि बेपत्ता भएकी छिन् । साउन १५ गते राति नगद र लत्ताकपडा सहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा आएकी छैनन् ।
भागरथीका भतिजा चन्द्रसिँह साउँदका अनुसार उनी अचानक घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी हुन् । उनका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् ।
बेपत्ता भएको जानकारी पाएपछि परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । परिवारजन भागरथीको सुरक्षित फिर्तीको अपेक्षा गर्दै चिन्तित छन् ।