सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

सुदूरपश्चिम सरकार र स्थानीय तहका कर्मचारीबीच ५ बुँदे सहमति  


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/9149
    जेठ ४, २०८२ आइतबार
    सुदूरपश्चिम सरकार र स्थानीय तहका कर्मचारीबीच ५ बुँदे सहमति  

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

    प्रदेश सरकारले मन्त्रीपरिषद्‍बाट  स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ ।सरकारकातर्फबाट भौति पूर्वाधार विकासमन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ ।

    सरकारले ११ जेठमा बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक राखेर अविलम्ब जारी गर्ने, विद्येयक जारी भएर राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनका लागि यथाशीघ्र स्थानीय तहमा पठाउने, ऐन जारी हुनासाथ शीघ्र निमयावली निर्माण गरी कार्यान्वयन गर्ने र कर्मचारीले सबै आन्दोलनका कार्यक्रम फिर्ता गरेर आ(आफ्नो स्थानीय तह तथा कार्य क्षेत्रमा गएर काम गर्ने सहमति पत्रमा उल्लेख छ ।

    स्थानीय सेवा ऐन जारी नभएकाले वृत्ति विकासमा अवरोध सिर्जना भएको भन्दै सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी कामकाज छाडेर धनगढीमा आन्दोलन गर्दै आएका थिए । शनिबार सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि भने उनीहरुले आन्दोलनका सबै कार्यक्रम स्थथित भएको जनाएका छन् । सहमति पत्रमा सरकारकातर्फबाट वार्ता समिति संयोजक, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, नेपाली कांग्रेसका प्रमुख सचेतकबिक्रम धामी, नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले हस्ताक्षर गरेका छन् । आन्दोलनरत पक्षबाट स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्याल र सदस्य इन्द्र रावलले हस्ताक्षर गरेका छन् ।

    नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्मबहादुर देउवा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन प्रदेश अध्यक्ष बलबहादुर धामी, एकीकृत सरकारी कर्मचारी संगठनका प्रदेश सचिव सुनिल रावलले समेत हस्ताक्षर गरेका छन् ।

    मन्त्रीपरिषद्‍बाट स्वीकृत भएर प्रदेश सभामा प्रस्तुत भएर विद्यायन तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाएपछि समितिले प्रतिवेदन समेत सभामा पेस गरिसकेको छ । तर, विद्येयक जारी गर्न ढिलाइ भएपछि स्थानीय तहका कर्मचारीले शीघ्र जारी गर्न माग गर्दै सरकारको ध्यानाकषर्ण गराउँदै आएका थिए । माग सम्बोधन नभएपछि वैशाख २८ देखि भने कर्मचारीहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij