काठमाडौँ, १८ भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, तराई र वाग्मतीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पहिरो, गेग्रान बहाव डेब्रिज फ्लो र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।
यस्तै, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका पहाडी भागमा पनि वर्षा हुने संकेत दिइएको छ ।
महाशाखाले विशेषगरी यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन पुनः आग्रह गरेको छ ।