काठमाडौं । नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयले जानकारी दिए अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुने भएको छ । उक्त बस बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।