सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

गृह मन्त्रालय भन्छ : सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट कसैलाई छैन


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1145
    असोज २६, २०७८ मंगलबार
    गृह मन्त्रालय भन्छ : सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट कसैलाई छैन

    रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेको विषयमा रानीगंजमा आइतबार झडपमा चार नागरिकको ज्यान गयो । केही अन्य नागरिक घाइते छन् । सुरक्षातर्फ करिब तीन दर्जन घाइते भएका छन् ।  

    सो सम्बन्धमा गृह मन्त्रालयलले सोमबार एक विज्ञप्ति जारी गर्दै, सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट कसैलाई नभएको भन्दै कसैले कानून  विपरीत कार्य गर्छ भने कारबाहीको भागेदार हुने बताएको छ ।

    प्रहरीको गोली लागेर आइतबार ४ जनाको मृत्यु भएपछि भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले धारणा सार्वजनिक गरेको हो । गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङद्धारा जारी गरेको विज्ञप्तिमा निर्धारित कानूनी विधि र प्रक्रिया भन्दा बाहिर गएर सार्वजनिक अथवा सरकारी जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई छुट नभएको जनाउँदै कानून अनुसार कारबाही गरिने व्यहोरा स्पष्ट खुलाएको छ ।

    मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार अतिक्रमण गरी आफूलाई सुकुम्बासी ठान्दै बसेका नागरिकहरुमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचार भइरहेको छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ । 

    विज्ञप्तिमा गृह मन्त्रालयले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    त्यस्तै नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेको छ ।

    bigyapti.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij