काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्बर २ मा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ ।
सुक्खा पहिरो खसेर नदी थुनिएपछि गाउँपालीकाको वडा २ का स्थानीयहरु त्रसित भएका छन् । विहान ६ बजे खसेको पहिरोका कारण नदी थुनिएर ताल बनेको हो । ताल फुटेर क्षति हुने डरले त्यस क्षत्रको नजिकै रहेको प्रहरी चौकीका सामनहरु सार्न थालिएको वडा नम्बर २ का अध्यक्ष कर्ण बहादुर बिष्टले बताए ।
गाउँपालीकाको भवन पनि नजिकै भएकाले सामानहरु सार्नेबारे छलफल भइरहेको बिष्टले जानकारी दिए । हालसम्म मानविय छति भने भएको छैन ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश बहादुर ऐरले अहिले पहिरो खसेर बनेको तालको पानी कम हुन थालेको बताएका छन् ।
ुअहिले खतरा छैन्। तालको पानी ५० प्रतिशत घटिसकेको छ,ु उनले भने ।