सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

अधिकारकर्मी रुवी खानलाई असोज २८ गतेभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1157
    असोज २६, २०७८ मंगलबार
    अधिकारकर्मी रुवी खानलाई असोज २८ गतेभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं । प्रहरीले गैर न्यायिक हिरासतमा राखिएकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो । 

    मंगलबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले असोज २८ गते दसैँको नवमीको दिन खानलाई लिखित जवाफ सहित सशरीर अदालतमा उपस्थित गराउन बाँके जिल्ला अदालत, बाँके सरकारी वकिलको कार्यालय, बाँके प्रहरी कार्यालय र काठमाडौँ प्रहरी कार्यालयलाई आदेश दिएको अधिकारकर्मी अन्सारीले रातोपाटीलाई जानकारी दिइन् । 

    बाँके नेपालगञ्जका दुई महिलाको शङ्कास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै २० दिन पैदलयात्रा गरेर १२ जना काठमाडौँ आएका थिए । असोज २२ गते माइतीघर मण्डलामा प्रशासनलाई जानकारी दिएर धर्ना बसिरहेका बेला १२ जनालाई पक्राउ गरे पनि ११ जनालाई छोडेर रुवीको बारेमा जानकारी दिइएको थिएन ।

    आइतबार अधिकारकर्मी अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् तर जिल्ला प्रहरी कार्यालय काठमाडौँले अदालतलाई स्पष्ट जवाफ नदिएपछि उनले मंगलबार रुवीको रिहाइका लागि पूरक रिट दायर गरेकी थिइन् । 

    रुवीलाई पक्राउ गरी नेपालगञ्ज लगिएपछि अदालतले बाँके प्रहरी कार्यालय सहित काठमाडौँ प्रहरी कार्यालयसम्मलाई आदेश दिएको छ । बाँकेमा प्रशस्त जग्गा जमिन भएका २ महिला बेपत्ता पारिएपछि त्यहाँका महिला अधिकारकर्मीहरूले घटनाको छानबिनको माग गर्दै धर्ना तथा आन्दोलन गर्दै आइरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij