सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मुगुमा बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1173
    असोज २७, २०७८ बुधबार
    मुगुमा बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत

    काठमाडौं । मुगुको छायानाथ गाउँपालिका ७ पिना खोलामा बस दुर्घटना हुँदा मृत्यु हुने सबैको शव सनाखत गरिएको छ । दुर्घटनामा मृत्यु भएका ३२ सै जनाको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।

    ४६ जना सवार बस मंगलबार दिउँसो पौने २ बजे दुर्घटनामा परेको थियो । 

    चालक ३५ वर्षीय दानबहादुर रावल, १९ वर्षीया लग्न सेजुवाल, लग्न सेजुवालको २ वर्षीय छोरा, २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, ३३ वर्षीय प्यारी वि.,२२ वर्षीय सन्तोष वितालु, २२ वर्षीय छाँता साउँद, २० वर्षीया सरिता खड्का, २२ वर्षीय छोरा कर्ण सिंह बुढा, २५ वर्षीय छोरा मनरुप कुमाल, २३ वर्षीया चन्द्रादेवी मल्ल, १९ वर्षीया छोरी राममाया भाम, १८ वर्षीय अम्मर साउँद, २२ वर्षीय प्रकाश बुढा, २९ वर्षीय अजय कार्की, ३२ वर्षीया कमला वि.सी रावतको सनाखत भएको छ । 

    २२ वर्षीय सुनबहादुर वि.क, १९ वर्षीय छोरा शिव बुढा, २१ वर्षीया अमृता शाही, वडा ७ बस्ने मृतक अमृता शाहीका ५ वर्षीय छोरा, २० वर्षीय छोरा रुपसिंह कार्की, २२ वर्षीय महेन्द्र शाही, २२ वर्षीय प्रदिप स्वर्णकार, १८ वर्षीय चन्द्रप्रकाश भाम, १२ वर्षीय आदित्य विक्रम शाहको सनाखत भएको छ । २८ वर्षीय टोपबहादुर विष्ट, २३ वर्षीय आईत सिंह कामी, १८ वर्षीय नवीन बुढा, ३३ वर्षीया भगवती चन्द, १६ वर्षीय सस्मिता बम, १८ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको थियो ।

    दुर्घटनामा १३ जना घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज र जिल्ला अस्पताल मुगमा उपचार भइरहेको जनाइएको छ ।

    दिउँसो पौने २ बजे दुर्घटनामा परेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij