सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

उपत्यका बाहिरबाट ल्याइएका खसीकोका बिक्री नहुँदा व्यापारी निराश


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1174
    असोज २७, २०७८ बुधबार
    उपत्यका बाहिरबाट ल्याइएका खसीकोका बिक्री नहुँदा व्यापारी निराश

    काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरूले गुनासो गरेका छन् ।

    कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । दशैँ मनाउन अधिकांश मानिसहरू गाउँमा गएकाले काठमाडौंमा खसीबोका व्यापार कम भएको व्यापारीले बताएका छन् ।

    काठमाडौंका स्थानीय व्यापारीहरूको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरूले खरिद गरेको मुल्य उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै कम भएको बताए ।

    गत वर्ष तीन सय खसीबोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सयवटा बोका बेच्न बाँकी रहेको बताए ।

    व्यापारी लामाले भने, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबैजना गाउँ गएको हो कि, खाने मान्छे नै नभएको हो महंगोले पनि होला, मैले साढे तीनसय खसीबोका ल्याएको थिँए, अझै एक सय बाँकी छन्, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली बिक्री नै भएनन् ।

    त्यस्तै धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नभएको बताए । उनले यस पटक खसी खरिद गरेको मुल्य पनि उठाउ हम्मेहम्मे परेको बताए ।

    उनले कोरोनाका कारण ग्राहकको खरिद गर्ने क्षमातामा कमी भएको बताए । किन्न आएका ग्राहकहरूले मुल्य थोरै दिने गरेको सुनाए । उनले भने, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यापारीहरू सबै गाउँमा पसे, गाउँमा जिउँदोको प्रतिकिलो ६५० भयो, व्यापारीहरूमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसी किन्नेहरूले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन ।’

    अहिले २२–२५ हजार पर्ने खसीलाई १४–१५ हजार दिन आउने गरेको उनले सुनाए । गत वर्ष कोरोनाले गर्दा गत वर्ष धेरैले राजधानी नछोडेकोमा यस वर्ष भने करिब नौ लाखले राजधानी छाडेको बुझिएको छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij