सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

गाडी दुर्घटनामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1177
    असोज २७, २०७८ बुधबार
    गाडी दुर्घटनामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने

    काठमाडौ । गाडी दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक गाडीमा यात्राका क्रममा दुर्घटनामा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

    गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने जनाएको हो । पछिल्लो केही दिन यता मुगु, कास्की, सिन्धुपाल्चोक लगायतका ठाउँमा भएका दुर्घटनाका गम्‍भीर घाइतेको विभिन्न ठाउँमा उपचार भइरहेको छ । सरकारले उनीहरुको निःशुल्क उपचार हुने जनाएको हो ।

    यस्तै गाडी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको अन्त्यष्टि, किरियाखर्च उपलब्ध गराउने र मृत्तकका परिवारलाई उचित राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ । 

    home.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij