सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

सेयर बजार

आजबाट खुल्दै सेयर बजार, नयाँ ब्याजदरको के पर्ला प्रभाव ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1224
    असोज ३१, २०७८ आइतबार
    आजबाट खुल्दै सेयर बजार, नयाँ ब्याजदरको के पर्ला प्रभाव ?

    काठमाडौं । दशैँको सार्वजनिक बिदापछि आजबाट सेयर बजार  खुल्दै छ । असोज २५ गतेसम्म कारोबार भएर २६ गतेदेखि दशैँ बिदामा बन्द भएको सेयर बजार आजबाट खुल्न लागेको हो ।

    आज मसान्त भएकाले सेयर बजारलाई प्रभाव पर्ने ब्याजदर पनि भोलिबाट लागु हुनेगरी बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गरिरहेका छन् । ब्याजदर प्रकाशित गरेको मध्ये सानिमा बैंकले निक्षेपको ब्याजदर घटाउँदा अरू बैंकहरूले भने बढाएका छन् ।

    सानिमा बैंकले भने असोज मसान्तमा प्रकाशित ब्याजदरमा १ प्रतिशत बिन्दुले घटाएर मुद्दति निक्षेपको ब्याजदर ८.५१ प्रतिशतमा झारेको छ । 

    यसबाहेक सरकारी लगानीको कृषि विकास बैंकले मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ८.५५ प्रतिशत र सरकारी लगानीकै नेपाल बैंकले भने ब्याजदर यथावत राखेको छ ।

    नयाँ ब्याजदर सार्वजनिक गरेका वित्त कम्पनीले भने डबल डिजिटमा निक्षेपको ब्याजदर पुर्याएका छन् । समृद्धि फाईनान्सले ११ प्रतिशत र पोखरा फाईनान्सले १०.७५ प्रतिशतसम्म ब्याज दिने भएका छन् । केही बैंकबाहेक अधिकांशले ब्याजदर बढाउँदा अझै पनि ब्याजदर बढ्ने संकेत देखिन्छ । 

    अधिकांश बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न बाँकी नै रहेको छ । बढ्दो ब्याजदर र लगानिकर्ता फेस्टिभ मुडमै रहेको अवस्थामा दसैँपछि सेयर बजार आजबाट खुल्न लागेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij