शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा यसरी जुटाइनेछ स्रोत


  • 298
    SHARES
  • https://indrenipost.com/posts/9298
    जेठ १५, २०८२ बिहीबार
    १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा यसरी जुटाइनेछ स्रोत

     
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको हो ।

    यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१० प्रतिशत) विनियोजन गरिएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।

    यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

    आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५।६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij