सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अर्थ

देउवा सरकारको ३ महिनाको आम्दानी २ खर्ब ६९ अर्ब


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1229
    असोज ३१, २०७८ आइतबार
    देउवा सरकारको ३ महिनाको आम्दानी २ खर्ब ६९ अर्ब

    काठमाडौं । संघीय सरकारले ३ महिना अवधिमा २ खर्ब ६९ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालू आर्थिक वर्षको ३ महिना अवधी आज आइतबारदेखि सकिएको छ । आज सम्मको सरकारको आम्दानी लक्ष्यको २२ प्रतिशत रहेको देखिएको हो । 

    महालेखा नियन्त्रकको कार्यालय अनुसार सरकारले  चालू आर्थिक वर्षमा १२ खर्ब १४ अर्ब  ९७ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा हालसम्म २ खर्ब ६९ अर्ब ३२ करोड ४०  लाख रुसंया संकलन गरेको हो । 

    यस आम्दानीमा  कर राजश्व मार्फत २ खर्ब २२ अर्ब रुपैयाँ संकलन गरेको हो । त्यस्तै गैरकर राजश्व मार्फत २४ अर्ब ४२ करोड रुपैयाँ संकलन गरहेको हो । अन्य आम्दानी २२ अर्ब ७० करोड रुपैंया रहेको छ । 

    सरकारको आम्दानी लक्ष्यमा मासिक ७ प्रतिशत भन्दा बढि देखिए पनि संघीय सरकारले  बजेट खर्च भने गर्न नसकको देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैंया खर्च गर्ने लक्ष्य राखेका छन् ।

    महालेखा नियन्त्रकको कार्यलयले उपलब्ध गराएको तथ्याङ्क अनुसार दशै अघि सम्ममा २ खर्ब २६ अर्ब रुपैंया मात्रै खर्च भएको छ । त्यसमा पनि पुँजीगत अर्थात् विकास खर्च  निराशाजनक देखिएको हो ।  

    विकास निर्माणमा सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैंया  खर्च गर्ने बताए पनि अहिले सम्म ११ अर्ब रुपैंया मात्रै खर्च गरेको छ । जुन कुल खर्चको २ प्रतिशत हाराहारी हो । 

    अर्थमन्त्री जनार्दन शर्माले यो वर्ष हरेक महिना मासिक १० प्रतिशतको दरले विकास खर्च गन योजना अघि सारेका छन् । तीन महिना अवधी सकिदा २ प्रतिशत खर्च हुनुले उनको योजनामा नै चुनौती समेत देखिएको हो । 

    अर्थमन्त्री शर्माले  यो भन्दा अघिको सरकारले  लक्ष्य बजेट खर्च गर्न नसकको त्यसको कारण स्रोत सुनिश्चितता नभएका कार्यक्रमहरु समावेश गरेको आरोप समेत आफ्नो श्वेतपत्र मार्फत  उल्लेख गरेका थिए ।  

    प्रतिस्थापन विधयेक मार्फत १ हजार ४ सय सडक आयोजनाहरु नै कटौती गरेका थिए । तर उनी आफैले पनि बजेट खर्चलाई गति दिन नसकको देखिएको छ । बजेट खर्च नहुनमा नेपालको खर्च प्रणाली र व्यवस्थाहरु नै जोडिएको अर्थविद् डा.केशव आचार्य बताउँछन् । 

    उनी भन्छन्, ‘अर्थमन्त्री शर्माले ल्याएको योजनाअनुसार काम हुन गाह्रो छ । हरेक महिना १० प्रतिशत विकास खर्च गरिने भनिए पनि कार्ययोजना तयार, ठेक्का लगाउने समय समेत जोड्दा अघिल्ला सरकारको जसरी नै पुस पछि खर्च हुने देखिएको हो ।’

    त्यस्तै महालेखाका अनुसार सरकारले करिव ३ महिना अवधीमा नियमति खर्च अर्थात चालू अर्च भने १ खर्ब ८२ अर्ब रुपैंयाँ गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij