काठमाडौं । दशैँका कारण गत असोज २५ गतेदेखि बन्द आज (सोमबार) देखि सुनचाँदी बजार खुलेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ दररेटअनुसार आजदेखि सुनचाँदी बजार खुलेको हो ।
गत असोज २५ गतेको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोलामा ७ सय रुपैयाँ बढेको हो । असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २५ गते प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएकाको चाँदीको भाउ आज १ हजार २ सय २५ रुपैयाँ पुगेको छ ।