सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अन्य तुलनामा बुद्ध एयरको भाडादर कम, कुन गन्तव्यको कति ? (सूचीसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/1252
    कात्तिक १, २०७८ सोमबार
    अन्य तुलनामा बुद्ध एयरको भाडादर कम, कुन गन्तव्यको कति ? (सूचीसहित)

    बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ । २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको कम्पनीले बताएको छ। नयाँ भाडादर सन् २०२२  जनवरी देखि लागू हुनेछ । 

    काठमाडौं ।  नेपालमा हवाई यात्रा गर्दा भारतीय बाहेक विदेशी यात्रुले डलरमा भाडा तिर्नुपर्ने प्रावधान छ ।

    यस अघि पोखराका लागि १०६ अमेरिकी डलर भाडा रहेकोमा २०२२ जनवरीदखि ६५ अमेरिकी डलरमा झारिएको एयरले जानकारी दिएको छ । 

    महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाईभाडाले थप आकर्षित हुने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशी बताउँछन् ।

    पछिल्लो समयमा अनलाईनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशीले जानकारी दिए ।

    यस्तो छ घटाइएको एकतर्फी डलर भाडादरः
    काठमाडौं -पोखरा    $६५
    काठमाडौं -विराटनगर $७६
    काठमाडौं -जनकपुर   $४२
    काठमाडौं -सिमरा    $३०
    काठमाडौं -भैरहवा    $६५
    काठमाडौं -धनगढी   $१३८
    काठमाडौं - नेपालगञ्ज $१०२
    काठमाडौं-भद्रपुर $९४


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij