आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

मौसमी विवरण

यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन २४ घण्टे अल्टिमेटम जारी


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1263
    कात्तिक २, २०७८ मंगलबार
    यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन २४ घण्टे अल्टिमेटम जारी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको छ । 

    बुलेटिनअनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने अनुमान छ, साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ । 

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ, प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थान र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    यस्तो छ, बिहीबारसम्मको मौसम अनुमान– (नोटः मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०, ११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म तथा राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि सम्झिनुपर्छ ।

    मंगलबार (आज)

    दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका धेरै साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

    सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

    प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij