काठमाडौं । फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा ‘भाइरल पुण्य गौतम नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य बनेका छन् ।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिएका हुन् ।
गौतमले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्वप्रधानमन्त्री क. माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु ।’
यसअघि उनी एमालेनिकट थिए ।