काठमाडौं । मनसुन बिदा भएयताको वर्षाका कारण आएको बाढी तथा गएको पहिरोमा परी अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका छन् ।
बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ ।